Ads

गम्भीर प्रकृतिका ६ रोगको निःशुल्क उपचार


काठमाडौँ, । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गम्भीर प्रकृतिका विभिन्न ६ रोगको निःशुल्क उपचार सुरु गरिएको जनाएको छ ।

जसमा १४ वर्ष मुनिका क्यान्सरपीडित बालबालिकाको निःशुल्क उपचारको विषय छ । रगत नजम्ने दुर्लभ किसिमको बंशाणुगत रोग हिमोफिलियाको महंगो औषधि निःशुल्क भनिएको छ ।

पक्षघातको उपचारको लागि दुर्लभ र महँगो औषधि निस्शुल्क गरिएको छ । जलनका बिरामीका निःशुल्क उपचार, जलनका आकस्मिक उपचार निस्शुल्क गर्ने नीति कार्यान्वयनमा छ ।

कमजोर आर्थिक स्थिति रहेका नागरिकका लागि सातवटै प्रदेशमा जलनको विशिष्टिकृत उपचार निःशुल्क गर्ने नीति लागू भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Ads

सम्बन्धित पोष्टहरू