काठमाडौँ, । काठमाडौंको टोखास्थित झोरबाट २५ करोड बराबरको डलर र युरोसहित पक्राउ परेका ट्रक चालक कारागार चलान भएका छन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले सिन्धुपाल्चोकको फुच्चे भनिने कुसाङ लामालाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएका हन् ।
योसँगै उनी कारागार चलान भएका छन् । यता २५ करोडको मालिक भनिएका सिन्धुपाल्चोककै भोटेकोशी गाउँपालिका–४ स्थायी घर भई टोखा नगरपालिका–१० बस्ने नारायण पौडेलले फरार छन् । उनलाई फरार प्रतिवादी बनाएर मुद्दा दायर भएको थियो ।
प्रतिक्रिया दिनुहोस्