मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): मिश्रित फलदायी दिन छ । ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्नसक्छ भने आर्थिक लाभ पनि प्राप्त हुने देखिन्छ । सहयोगीहरूले साथ दिनेछन् । व्यवहारबाट नयाँ ज्ञान प्राप्त हुने योग छ । कृषिकर्म र व्यावसायिक काममा भने केही चुनौतीको सामना गर्नुपर्छ । इर्ष्या गर्नेहरूले अवरोधको प्रयास गर्नसक्छन् । आफ्ना योजना गोप्य राखेर अघि बढ्नु हितकर हुनेछ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): आजको दिन चुनौती चिर्दै काम सम्पादन गर्न सकिनेछ । रोकिएका काम सम्पादन हुनेछन् । परोपकार र धार्मिक क्षेत्रमा मन जानेछ । कसैसंग सामान्य विवाद वा झगडा हुनसक्ने योग रहेकोले व्यवहारमा सजगता अपनाउनु उचित होला । सवारी साधनको प्रयोगमा अपनाएको सुझबुझका कारण चोटपटकबाट जोगिनुहुनेछ । यात्रागत कार्य सार्थक रहला ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । कतै लामो दूरीको लाभदायी यात्रा गर्नुछ भने आज उत्तम हुने देखिन्छ । अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइने छ । शत्रुहरूको चलखेल बढे पनि अन्ततः ती परास्त हुनेछन् ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): परिश्रमको राम्रो प्रतिफल प्राप्त हुने समय छ । आफूभन्दा वरिष्ठ व्यक्तित्वको साथमा सुमधुर सम्बन्ध रहला । व्यापारमा फाइदा हुनेछ, आर्थिक पक्ष सबल नै रहने देखिन्छ । आजको दिन आर्थिक कारोबारमा भने विशेष सजगता अपनाउनु हितकर हुनेछ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): नोकरी अथवा व्यवसायसँग सम्बद्ध कुनै ठोस परिणाम देखापर्ने समय छ । चुनौती र अपठ्यारा हटाउन आज गरिएको प्रयास सफल हुनेछ । मातापिता वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउला । रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्ने देखिन्छ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): नयाँ जिम्मेवारी हातपर्ने समय छ । परिवारमा पाहुनाको चाप बढ्न सक्छ र तिनको आवागमनमा महत्वपूर्ण समयको नाश हुने सम्भावना छ । पढाइलेखाइमा राम्रै प्रगति हुने देखिन्छ । आर्थिक पक्ष सबल छ । स्वास्थ्य सबल रहला । समयको गतिलाई पछ्याउन प्रयत्न गर्नुहोला ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): मनोरञ्जनपूर्ण समय छ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन-अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाइएला । सानातिना काम र घरेलु समस्यामा नै आजको समय ब्यतीत भएपनि त्यसबाट राम्रो लाभ हुनेछ । अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन् ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): दिन शुभदायी छ । आर्थिक पक्ष सुदृढ बन्नेछ भने न्यायिक, कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । विशेष कार्ययोजनामा दोधारको अवस्था सिर्जना हुनसक्छ । यात्रामा भने सोचेजस्तो रमाइलो नहुन सक्छ । सबल स्वास्थ्यको लागि खानपानमा नियन्त्रण गर्नु उचित होला ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): पारिवारिक सहयोग प्राप्त हुनेछ । आज टाढाको यात्राको सम्भावना छ, तर अनावश्यक यात्राबाट जोगिनु राम्रो होला । मनोरञ्जनपूर्ण समय रहेको छ, तर व्यवसायको चापले गर्दा दाम्पत्य सम्बन्धमा सामान्य चिसोपन देखिन सक्छ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): परिणाममुखी काममा लगानीको समय छ । कल्पना र भावनामा केन्दित भइएला । बोलीको विपरीत अर्थ लाग्न सक्छ, बोली र व्यवहारमा संयमता अपनाउनु उचित हुनेछ । नचिताएको स्थानबाट धनागमनको सम्भावना छ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): पारिवारिक वातावरण तपाईंको अनुकूल नभएपनि शरीरमा उत्साह र उमङ्ग प्राप्त हुने दिन छ । स्वास्थ्य सबल रहला । व्यवसायमा विशेष फाइदाको योग छ । पराक्रमका साथै उत्साह बढ्नेछ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्ने दिन छ । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ला । रचनात्मक क्रियाकलापमा आकर्षण रहला । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ .। चुनौतीपूर्ण कार्यमा धैर्यले काम लिने प्रयास गर्नुहोला, सफलता मिल्नेछ ।
प्रतिक्रिया दिनुहोस्