Ads

प्रधानमन्त्री ओली आज चितवन जादै


चितवन, । प्रधानमन्त्री केपी शर्मा ओली आज चितवन जाने भएका छन् । नारायणगढ बजारमा निर्माण गिएको ६ लेनको सडक उद्घाटन सहित विभिन्न कार्यक्रममा सहभागि हनु प्रधानमन्त्री ओली आज चितवन जान लागेका हुन् । उनी सँगै उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंह र भौतिक योजना तथा पूर्वाधार मन्त्री देवेन्द्र दाहाल पनि रहने छन्।तेस्रो पटक प्रधानमन्त्री हुँदा ओलीले २०७७ माघ १७ गते यो सडकको शिलान्यास गरेका थिए। एक अर्ब ७६ करोड रुपैयाँ लागतमा निर्माण भएको सो सडकको दुवैतर्फ सडक बत्ती जडानको काम पनि सकिएको छ।

५० मिटर चौडाइ रहने ६ लेनको सडक क्षेत्रमा दायाँबायाँ ११.५ र ११.५ मिटर कालोपत्र गरिएको छ। त्यसको बीचमा ३ देखि ४ मिटरको मेडियन, मुख्य सडकको छेउमा नाली र त्यसभन्दा बाहिर ५/५ मिटरदेखि ६ मिटरसम्मको सर्भिस लेन तयार गरिएको छ।

यस्तै प्रधानमन्त्री ओलीले चितवनको बिहान ११ बजे इच्छाकामना गाउँपाकिलाको भवन उद्घाटन गर्नेछन् । त्यस लगत्तै भरतपुरमा साढे १२ बजे सडकको उद्घाटन गरेर वीपी कोइराला क्यान्सर अस्पतालमा हुन लागेको नेकपा (एमाले) भरतपुर महानगर कमिटिको अधिवेशनमा सहभागि हुने कार्यक्रम रहेको नेकपा एमालेका पोलिटब्यूरो सदस्य देवी ज्ञवालीले जानकारी दिए । समय भएको खण्डमा नारायणगढ बुटवल सडक खण्डको अवलोकन गर्न दुम्किबाससम्म जाने कार्यक्रम समेत भएको उनले जानकारी दिए ।

Ads

सम्बन्धित पोष्टहरू