काठमाडौँ । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरी टाेलीले अवैध लागु औषधसहित ५ जनालाई पक्राउ गरेको छ ।
गएराति अन्दाजी ११ः४५ बजे जीतपुर सिमरा उपमहानगरपालिका ३ बजनी स्थित हेटौडाबाट वीरगन्ज तर्फ जाँदै गरेको ना ५ ख २५०४ नम्बरको मिनी ट्रकलाई रोकी चेक जाँच गर्दा लुकाई छिपाई राखिएको ३०५ किलो गाँजासहित ३ जनालाई प पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा ट्रक चालक मकवानपुरका राजन लामा, ट्रकमा सवार ईश्वर लोप्चन र ओसार पसारमा संलग्न जीवन ठोकर रहेका छन् । त्यस्तै ईलाका प्रहरी कार्यालय प्रसौनी बाराबाट खटिएको प्रहरी टोली प्रसौनी ४ खुटवा बस्ने पवन कुमार साहले आफ्नै घरमा विक्री वितरण गर्ने र लुकाई छिपाई राखेको लागू औषध गाँजा २ किलो १४० ग्राम बरामद गरी उनलाई नियन्त्रणमा लिइएको छ ।
गए राति नै इलाका प्रहरी कार्यालय सिम्रौनगढ बाराबाट खटिएको प्रहरी टोलीले पचरौता १ मुसहरीटोल स्थित मकै बारी हुँदै भारत तर्फ ओसार पसार गर्दै गरेको ६० किलो गाँजासहित राजबिहारी कुमारलाई पक्राउ गरेको छ ।
प्रतिक्रिया दिनुहोस्