काठमाडौँ, । एक सातामै तोलामा १६ हजार रुपैयाँ बढेको सुनको मूल्य आज घटेको छ।आज सुन प्रतितोला आठसय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
बिहीबार सुनको मूल्य तोलामा तीनहजार ६ सय रुपैयाँ बढेर एक लाख ९० हजार ६ सय रुपैयाँ पुगेको थियो। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।
बुधबार पनि सुन तोलाको २७ सय रुपैयाँ बढेको थियो। यसअघिका तीन दिनमा सुन तोलामा १० हजार ६ सय रुपैयाँ बढेको थियो।
आज चाँदीको मूल्य भने स्थिर छ। आज चाँदीको मूल्य एक हजार ९ सय ६० रुपैयाँमै स्थिर रहेको महासंघले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्