काठमाडौं, । अभिनेत्री तथा मोडल नीति शाहले प्रेमी याचित राणासँग कानूनी विवाह गरेकी छन् । शुक्रबार काठमाडौं जिल्ला अदालतमा उनले कोर्ट म्यारिज गरेकी हुन् ।
न्यायाधीश दिनबन्धु बरालको इजलासमा उनले विवाह गरेको स्रोतले जनायोराणा पेशाले एरोस्पेस इन्जिनियर हुन् ।
यी दुईजना झण्डै दुई वर्षभन्दा बढी समयदेखि प्रेम सम्बन्धमा छन् । याञ्चितले नीतिसँगका रोमान्टिक तस्वीर पनि सेयर गर्दै आइरहेका थिए ।
प्रतिक्रिया दिनुहोस्