Ads

कक्षा १२ को परीक्षा स्थगित भएको छैन : राष्ट्रिय परीक्षा बोर्ड


काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले वैशाख ११ गतेबाट सञ्चालन हुने गरी तय भएको कक्षा १२ को परीक्षा नसरेको स्पष्ट पारेको छ ।

सामाजिक सञ्जालमा बोर्डको लेडरप्याडमा अध्यक्षको हस्ताक्षर राखेर परीक्षा स्थगित भएको भ्रमपूर्ण सूचना सेयर हुन थालेपछि बोर्डले विज्ञप्ति निकालेर त्यसको खण्डन गरेको हो ।

बोर्डले यस्ता भ्रामक सूचनाको भर नपर्न र आधिकारी वेबसाइटमा प्रकाशित सूचनालाई मात्र ध्यान दिन आग्रह गरेको छ ।त्यस्तै, विद्यार्थीहरूलाई धैर्यतापूर्वक परीक्षाको तयारीलाई निरन्तरता दिन आग्रह पनि गरिएको छ ।

490997487_614184155000150_7256672723140279360_n

Ads

सम्बन्धित पोष्टहरू