Ads

निषेधित क्षेत्र तोडेर गिरफ्तारी दिने रणनीतिमा राप्रपा


काठमाडौं । राष्ट्रिय प्रजानन्त्र पार्टी (राप्रपा) विभिन्न ठाउँको निषेधित क्षेत्र तोड्ने र गिरफ्तारी दिने रणनीतिसहित प्रदर्शन गर्ने तयारीमा रहेको छ ।

राप्रपाले राजतन्त्र पुनःस्थापनाको माग गर्दै आइतबार प्रदर्शन गर्न लागेको हो । तर, ठूलो प्रदर्शन नगरी विभिन्न ठाउँमा तोकिएको निषेधित क्षेत्र तोड्ने रणनीतिमा राप्रपा पुगेको हो ।

प्रहरी अधिकारीका अनुसार विजुलीबजारतर्फबाट राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको कमान्डमा केही नेता निषेधित क्षेत्र तोड्ने तयारीमा आउँदै छन् ।

बालुवाटार क्षेत्रको निषेधित क्षेत्र तोड्नेगरी प्रकाशचन्द्र लोहनीको नेतृत्वमा केही नेता तथा कार्यकर्ताले तयारी गरिरहेका छन् ।

Ads

सम्बन्धित पोष्टहरू