राजसंस्था पुनःस्थापनालगायत विभिन्न माग राख्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आइतबार काठमाडौंमा प्रदर्शन गरिरहेको छ ।
काठमाडौंको बिजुलीबजार क्षेत्रमा भेला भएका राप्रपा नेता कार्यकर्ताले गणतन्त्रको विरोध तथा राजतन्त्रको समर्थनमा नारा लगाइरहेका छन् । उपाध्यक्ष बुद्धिमान तामाङ, विक्रम पाण्डे लगायत नेता प्रदर्शनस्थलमा पुगिसकेका छन् ।
बानेश्वरबाट अघि बढ्न खोजेका प्रदर्शनकारीलाई प्रहरीले रोक्न खोजिरहेको छ । आज निषेधित क्षेत्र तोडेर सामूहित गिरफ्तारी दिने रणनीतिका साथ राप्रपा प्रदर्शनमा उत्रेको हो । सरकारले भने बलजफ्ती गरे कानुनबमोजिम कारबाही गर्ने चेतावनी दिएको छ ।
राप्रपाको प्रदर्शनलाई लक्षित गर्दै काठमाडौंमा सुरक्षा सतर्कता बढाइएको छ । सडकमा ठूलो संख्यामा प्रहरीहरू परिचालित छन् ।
प्रतिक्रिया दिनुहोस्