भारतका विद्युतमन्त्री मनोहरलाल खट्टर काठमाडौं आइपुगेका छन् । उनी केही समयअघि काठमाडौं आइपुगेका हुन् ।
दुई दिने नेपाल भ्रमणका लागि आएका खट्टरलाई विमानस्थलमा ऊर्जा मन्त्रालय र काठमाडौंस्थित भारतीय दूतावासका अधिकारीहरूले स्वागत गरेका छन् ।
उनले ऊर्जामन्त्री दीपक खड्कासँगै भारतको सहयोगमा निर्माण सम्पन्न भएको कोशी कोरिडोर २२० केभी प्रसारणलाइनअन्तर्गत इनरुवा–बसन्तपुर–बानेश्वर–तुम्लिङटार २०० केभी प्रसारण लाइन तथा २२०/१३३/३३ केभी तुम्लिङटार सबस्टेसन, २२०/३३ केभी बानेश्वर सबस्टेसन र २२०/१३३/३३ केभी बसन्तपुर सबस्टेसन उद्घाटन गर्नेछन् ।
खट्टरले भारतले निर्माण गरेको अरुण तेस्रो जलविद्युत् आयोजनाको पावर हाउस तथा बाँध क्षेत्रको पनि अवलोकन गर्ने कार्यक्रम छ ।
प्रतिक्रिया दिनुहोस्