Ads

नेपाल आइपुगे विश्व फुटबलका आइकन रोबर्टो कार्लोस


ब्राजिलका पूर्व डिफेन्डर तथा विश्व फुटबलका आइकन रोबर्टो कार्लोस नेपाल आइपुगेका छन् ।

ब्राजिलियन लेजेण्ड फुटबल खेलाडी रोबर्टो नेपाल सुपर लिग (एनएसएल) फुटबल हेर्न मंगलबार बिहान नेपाल आइपुगेका हुन् ।

उनी एनएसएल सिजन-३ को क्वालिफायर-२ हेर्न विशेष अतिथिको रूपमा नेपाल आइपुगेका आयोजकले जनाएको छ । आयोजक सदस्यहरूले रोबर्टो कार्लोसलाई मंगलबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् ।
दशरथ रंगशालामा हुने खेलमा उपस्थित भई उनले नेपाली फुटबलमा अन्तर्राष्ट्रिय चमक थप्नेछन् । कार्लोसले नेपाल आउँदा आफूलाई खुसी लागेको प्रतिक्रिया दिए ।

karlos-(10)-1745292642.jpeg
karlos-(8)-1745292641.jpeg
karlos-(9)-1745292641.jpeg
karlos-(6)-1745292639.jpeg
karlos-(7)-1745292639.jpeg
karlos-(4)-1745292638.jpeg
karlos-(5)-1745292638.jpeg
karlos-(2)-1745292636.jpeg
karlos-(3)-1745292636.jpeg

Ads

सम्बन्धित पोष्टहरू