काठमाडौं, । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिले पनि दुई तिहाइभन्दा धेरै जनमत कम्युनिष्टहरूको पक्षमा रहेको दाबी गरेका छन् ।
कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कम्युनिस्ट पार्टीले राम्रो काम गरिदिउन् भन्ने जनताको चाहना भएको बताए । उनी कम्युनिस्ट आन्दोलन टुटफुट, घात प्रतिघात र विभाजनको शृङ्खलाबाट अघि बढेको भन्दै चिन्तित देखिए ।
दाहालले भने, ‘अहिले कम्युनिस्ट आन्दोलनमा सही सङ्गठन र संस्कार, कार्यशैलीको आधारमा कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्नु पनि आज सङ्कल्प गर्नुपर्ने दिन हो ।’
प्रतिक्रिया दिनुहोस्