Ads

बार्सिलोनालाई रियल मड्रिडसँग ७ अंकको अग्रता, मालोर्का पराजित


काठमाडाैं । स्पेनिस ला लिगमा शीर्ष स्थानको बार्सिलोनाले दोस्रो स्थानको रियल मड्रिडसँग अंक दुरी बढाएको छ ।

गए राति भएको खेलमा मालोर्कालाई १-० ले पराजित गरेसँगै रियल मड्रिडसँगको अंक दूरी बढाएको हो । लिगको जारी सिजनमा ३३ खेल खेलेको बार्सिलोनाले ७६ अंक बनाउँदा १ खेल कम खेलेको रियल मड्रिडको ६९ अंक छ । उता तेस्रो स्थानको एट्लेटिको मड्रिडले ३२ खेलबाट ६३ अंक बनाएको छ भने चौथो स्थानको एथ्लेटिक बिल्बाओको समान खेलबाट ५७ अंक छ ।

गए राति भएको खेलमा बार्सिलोनाका लागि डानी ओल्मोले ४६औँ मिनेटमा गोल गरेका थिए । सोही गोल निर्णायक बन्दा बार्सिलोनाले महत्त्वपूर्ण ३ अंक बटुलेको हो ।

गए राति नै भएको अर्को खेलमा भने भ्यालेन्सिया र इस्पानियोल १-१ गोलको बराबरीमा रोकिएका छन् ।

Ads

सम्बन्धित पोष्टहरू