Ads

शशांकको चियापानमा कांग्रेस नेताहरूको जमघट


नेपाली कांग्रेसका नेता शशांक कोइरालाले चियापान आयोजना गरेका छन्।

महारागन्जस्थित निवासमा बिहीबार बिहान आयोजना गरिएको चियापानमा नेपाली कांग्रेसका धेरै पूर्वपदाधिकारी पुगे।

नेताहरु कृष्णप्रसाद सिटौला, बिमलेन्द्र निधि, प्रकाशमान सिंह, विजयकुमा गच्छदार, प्रकाशशरण महतहरु चियापानमा सहभागी भएका थिए।

कोइरालाले बोलाएको चियापानमा सहभागी नेता कृष्ण सिटौलाले लोकतन्त्र दिवसका अवसरमा चियापानमा बोलाएकाले आफूहरु त्यहाँ गएको र धेरै राजनीतिक कुरा नभएको जानकारी दिए।

‘चियापानमा बोलाउनु भएको थियो, भिडभाड थियो,’ उनले नेपालखबरसँग भने, ‘चिया खाइयो, हिँडियो। उहाँले लोकतन्त्र दिवसको शुभकामना दिनुभयो।’

नेताहरुको जमघटको केही राजनीतिक सन्देश पनि छ कि भन्ने नेपालखबरको प्रश्नमा सिटौलाले भने, ‘पदमा नभएका हामी जस्ता मान्छेहरुले कहिलेकाहीँ भेट्नुपर्‍यो। त्यही हो।’

Ads

सम्बन्धित पोष्टहरू