सत्तारुढ नेकपा एमालेले पार्टी स्थापना दिवस र लोकतन्त्र दिवसको अवसरमा आयोजना गरिरहेको ‘युथ सेलिब्रेशन’ विशेष कार्यक्रममा काठमाडाैंमा सुरु भएको छ । जनताले जितेको दिनको अवसरमा एमालेले विशेष कार्यक्रम गरिरहेको हो ।
भृकुटीमण्डपमा आयोजना भइरहेको एक दिने कार्यक्रममा एमालेले ४० वर्षमुनिका युवाहरूलाई उतारेको छ ।
आजको कार्यक्रममा एक लाख युवा उतार्ने योजना एमालेको थियो । कार्यक्रममा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलगायत शीर्ष र युवा नेताहरूले सम्बोधन गर्नेछन् ।
तस्वीरहरू :
प्रतिक्रिया दिनुहोस्