Ads

क्रिकेट टोलीका मुख्य प्रशिक्षक स्टुअर्ट ल आज आउँदै


काठमाडौं । राष्ट्रिय पुरुष क्रिकेट टिमका मुख्य प्रशिक्षक स्टुअर्ट ल आज नेपाल आउँदैछन् ।

नेपाल क्रिकेट संघ क्यानका अनुसार अस्ट्रेलियन स्टुअर्ट ल आज राति ८ बजे काठमाडौं आइपुग्ने भएका हुन् ।

क्यानले गत चैत १४ गते स्टुअर्ट ललाई मुख्य प्रशिक्षक नियुक्त गरेको थियो । उनी र क्यानबीच दुई वर्षका लागि सम्झौता भएको छ । ५६ वर्षीय स्टुअर्ट लले यसअघि बंगलादेश, वेस्ट इन्डिज , श्रीलंका र अफगानिस्तानको मुख्य प्रशिक्षकका रूपमा काम गरेका थिए ।

उनीसँग एसोसिएट राष्ट्र अमेरिकाको प्रशिक्षक सम्हालेको पनि अनुभव छ । उनको आगमनसँगै क्यानले टिम छनोटका लागि कोर क्याम्प गर्दैछ । कोर क्याम्पमा ५२ खेलाडीलाई चार टिममा विभाजन गरेर खेल खेलाइनेछ । भोलिदेखि २० गतेसम्म हुने प्रतियोगितामा चार टिमले मुलपानीको माथिल्लो र तल्लो मैदानमा प्रतिस्पर्धा गर्नेछन् ।

Ads

सम्बन्धित पोष्टहरू