नेकपा एमालेका सांसद गोकर्ण विष्टले सरकार गयो भन्ने हल्लामा सत्यता नभएको दाबी गरेका छन्।
शुक्रबारबाट सुरु भएको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद विष्टले यस्तो बताएका हुन्।
‘यो सरकार गयो गयो भन्ने स्थिति देखापरे। दुई ठूला दल मिलेर बनेको यो सरकार राजनीतिक स्थिरताका लागि हो,’ सांसद विष्टले भने, ‘७ बुँदे सहमतिका आधारमा बनेको यो सरकार त्यो इमानका साथ कायम गर्दै अघि बढ्छ। यो सरकार गयो गयो भनेर जुन प्रकारले निराशा र अस्थिरता पैदा गर्नेगरी गरिएको छ, त्यसमा कुनै सत्यता छैन।’
सत्तारुढ दुई दलबीचको आपसी समझदारी सहमतिका आधारमा सरकार अघि बढिरहेको उनले बताए।
उनले भने, ‘ कहीँकतै समस्या पैदा भइरहेका छन् भने राजनीतिक संयन्त्रहरू छन्, असहमतिहरू सुधार गर्ने समीक्षा गर्ने र आफ्ना आन्तरिक पद्धतिहरू छन्। त्यही समाधान खोजौँ।’
प्रतिक्रिया दिनुहोस्