Ads

मातातीर्थमा आमाप्रतिको भक्तिभाव, तस्वीरहरू


काठमाडौं । आज आमाको मुख हेर्ने दिन अर्था मातातीर्थ औंसी । वैशाख कृष्णपक्ष औँसीको दिनलाई नेपालीले आमाको मुख हेर्ने दिनको रुपमा मनाउँछन् ।

जन्म दिने आमालाई मीठा परिकार खुवाएर तथा राम्रा कपडा लगाउन दिएर खुशी पार्ने प्रचलन छ । त्यसैले भौगोलिक रुपमा आमाभन्दा टाढा भएकाहरु सकेसम्म आज आमालाई भेटेर सम्मान गर्छन् र आशिर्वाद लिन्छन् ।

तर, आमा नभएकाहरु भने तर्पण र पिण्ड दान गर्न मातातिर्थ पुग्छन् । आफ्नो आमालाई सम्झिँदै मातातीर्थमा पुग्नेहरुको आज घुइँचो लागेको छ ।

आमा नहुने नरनारी मातातीर्थमा गई स्नान तथा हरिहर (विष्णु र शिव)को पूजा गर्छन्। आमा नभएकाहरुले सके प्रत्येक वर्ष, नसके एक पटक मातातीर्थ औंसीमा श्राद्ध गर्नुपर्ने मान्यतासमेत छ ।

Ads

सम्बन्धित पोष्टहरू