Ads

पूर्वराजा ज्ञानेन्द्र शाहलाई कारबाही गर्न एमाले सांसदको माग


एमाले सांसद ठाकुर गैरेले पूर्वराजा ज्ञानेन्द्र शाह र उनका सञ्चारसचिव फणिन्द्र पाठकलाई कारबाही गर्न माग गरेका छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकमा उनले संविधानमा नभएको श्री ५ महाराजधिराज शब्दप्रति आपत्ति जनाए ।

काश्मीरमा भएको आक्रमणमा नेपाली युवा सुदीप न्यौपानेसहित २६ जनाको मृत्यु भएको घटनामा पूर्वराजा शाहको तर्फबाट पाठकले वक्तव्य जारी गरेका थिए ।
‘सरकारको ध्यानाकर्षण गराउन चाहन्छु श्री ५ महाराजधिराज सरकार भन्ने कुरा लेख्न पाइन्छ कि पाइँदैन । कानुनी उपहास गर्न पाइन्छ कि पाइँदैन ?,’ उनले भने ।

Ads

सम्बन्धित पोष्टहरू