काठमाडौं । आन्दोलनरत शिक्षकमाथि प्रहरीले पानीको फोहोरा प्रहार गरेको छ ।
आइतबार (वैशाख १४) नयाँ बानेश्वरमा प्रहरीको ब्यारिकेड तोड्न खोजेपछि पानीको फोहोरा प्रहार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपीलराज बोहोराले बताए ।
“प्रहरीको ब्यारिकेड तोड्न खोजेपछि पानीको फोहोरा प्रहार भएको छ । लाठीचार्ज भएको छैन,” उनले भने ।
विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित २६ दिनयता शिक्षक काठमाडौंकेन्द्रित सडक आन्दोलनमा छन् ।
प्रतिक्रिया दिनुहोस्