Ads

प्रहरीसँग झडप भएपछि शिक्षक महासंघले भन्यो– सरकारले आन्दोलनमा घुसपैठ गरायो


नेपाल शिक्षक महासंघले काठमाडाैंमा भइरहेको शिक्षक आन्दोलनमा घुसपैठ भएको आरोप लगाएको छ ।

आइतबार प्रहरीसँग शिक्षकहरूको झडप भएपछि महासंघ अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आन्दोलनमा घुसपैठ भएको आरोप लगाएका हुन् ।

उनले भने, ‘हामी शिक्षक हौँ, लाठी छैन, केही छैन । यस्तो शान्त आन्दोलनकारीलाई भड्काउन घुसपैठ गराएर नांगोपना उदांगो भयो । सरकारले नांगो रूप देखायो ।’

उनले थपे, ‘भोलि देशभरबाट अब थप शिक्षक आउने छन् । शिर झुकाउँदैनाैँ डराउँदैनौँ ।’

Ads

सम्बन्धित पोष्टहरू