काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज अपराह्न पाँच बजे बस्दैछ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा शिक्षक आन्दोलन, गभर्नर नियुक्ति लगायतका विषयमा छलफल हुनसक्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
काठमाडौँमा २६ दिनदेखि जारी शिक्षक आन्दोलनका माग सम्बोधनबारे सरकारले कुनै निर्णय गरेको छ । गभर्नर नियुक्तिमा गठबन्धन दल कांग्रेस र एमालेबिच विवाद उत्पन्न भएको थियो ।
यद्यपि शनिबार बालुवाटारमा बसेको कांग्रेस र एमालेका शीर्ष नेताहरूबिच सहमति भएको बुझिएको छ । यस्तै नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षकको नियुक्तिबारे निर्णय हुनसक्ने सचिवालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्