काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराई र भाजपाका वरिष्ठ नेता तथा भारतका रक्षा मन्त्री राजनाथ सिंहबीच भेटवार्ता भएको छ ।
भारत भ्रमणमा रहेका भट्टराईसँग रक्षामन्त्री सिंहको आज नयाँ दिल्लीमा भेटवार्ता भएको हो ।
भेटमा नेपाल–भारत सम्बन्ध सुदृढ गर्दै विकास र आर्थिक सहकार्यलाई नयाँ उचाइमा लैजाने विषयमा सकारात्मक संवाद भएको भट्टराईको सचिवालयले जनाएको छ ।
भट्टराईले हालै पेहलगाम, कश्मीरमा सर्वसाधारणमाथि भएको आतंकवादी हमलाको घोर निन्दा गर्दै गहिरो दुःख व्यक्त गरेका थिए ।
प्रगतिशील नेपाली समाज समिति, भारतको अधिवेशन उद्घाटनको लागि भट्टराई भारत पुगेका थिए ।
प्रतिक्रिया दिनुहोस्