Ads

पोखरा विमानस्थलको अनियमितता छानबिन उपसमितिले प्रतिवेदन बुझायो


काठमाडौँ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भएको भनिएको अनियमितताबारे छानबिनका लागि गठित उपसमितिले प्रतिवेदन बुझाएको छ।

सोमबार राजेन्द्र लिङ्देन नेतृत्वको उपसमितिले संसद्को सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेललाई प्रतिवेदन बुझाएको हो।

प्रतिवेदनअनुसार विमानस्थल निर्माणका क्रममा १० अर्ब भ्रष्टाचार भएको छ।

उपसमितिले पोखरा विमानस्थल बनाउन नीतिगत निर्णयको आवरणमा एकपछि अर्को लुट मच्चाइएको निष्कर्ष निकालेको छ।

लेखा समितिले गत असारमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अध्ययन गर्न लिङ्देनको संयोजकत्वमा उपसमिति बनाएको थियो।

Ads

सम्बन्धित पोष्टहरू