काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि सुन र चाँदीको मूल्य सार्वजनिक गरेको छ । महासंघका अनुसार छापावाल सुन तोलामा १ लाख ८८ हजार ९०० रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन छापावाल सुन १ लाख ८८ हजार ८०० रुपैयाँ कायम भएको थियो । जसआधारमा आज छापावाल सुनको मूल्य १०० रुपैयाँ वृद्धि भएर कारोबार भइरहेको छ ।
चाँदीको मूल्य भने घटेको छ । मंगलबार तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार घटेर १ हजार ९५५ रुपैयाँ कायम भएको हो ।
प्रतिक्रिया दिनुहोस्