Ads

कञ्चनपुरको लालझाडीमा एक युवक मृत फेला


धनगढी । कञ्चनपुरको लालझाडीमा एक युवक मृत फेला परेका छन् । बुधवार बिहान लालझाडी गाउँपालिका ४ सिलकट्टी जाई शिविरका ३५ वर्षीय युवक रामरेसर राना मृत फेला परेका हुन् ।

राना घर नजिकै मोटरघाट सडक छेउमै मृत फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक झलक शर्माका अनुसार साइकलसहित राना मृत भेटिएका छन् ।

मृतक राना परिवारले निधारमा घाउ भएकाले कसैले कुटपिट वा हत्या गरेको भन्दै निष्पक्ष छानबिनको माग अघि सारेका छन् ।

मङ्गलवार साँझ राना खाना खाएर घरबाट साइकल समातेर निस्किएका थिए। मृत भेटिएको स्थानमा साइकलसहित उनको माथिल्लो शरीरको कपडा थिएन। घटनास्थल कार्य सक्काएर अहिले युवकको शव पोष्टमार्टमका लागि महाकाली अस्पतालमा राखिएको छ।

Ads

सम्बन्धित पोष्टहरू