काठमाडौँ । बिहीबार सुनको मूल्य ह्वात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा ४ हजार ६०० रुपैयाँ घटेको हो ।
महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८३ हजार ५०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन भने छापावाल सुनको मूल्य तोलामा १ लाख ८८ हजार १०० रुपैयाँ कायम भएको थियो ।
यस्तै चाँदीको मूल्य पनि घटेको छ । बुधबार तोलामा १ हजार ९६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार घटेर तोलामा १ हजार ९१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्