Ads

सुनको भाउ आज स्थिर, चाँदी भने तोलामा १५ रुपैयाँ बढ्यो


काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा १ लाख ८३ हजार ५०० रुपैयाँ कायम भएको छापावाल सुन शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको हो ।

यस्तै चाँदीको मूल्य भने बढेको छ । बिहीबार तोलामा १ हजार ९१५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार तोलामा १ हजार ९३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

Ads

सम्बन्धित पोष्टहरू