Ads

प्रोसेस पाण्डे बने भ्वाइस अफ नेपाल सिजन ६ को विजेता


काठमाडौं,। प्रोसेस पाण्डेले ‘द भ्वाइस अफ नेपाल’को छठौं सिजनको उपाधि हात पारेका छन् । शुक्रबार भएको ग्राण्ड फिनालेमा उनी विजेता घोषित भएका हुन् । उनले उपाधिसँगै नगद २० लाख रुपैयाँ पुरस्कार प्राप्त गरे । प्रोसेसले टिम खेम सेन्चुरीको तर्फबाट प्रतिनिधित्व गरेका थिए । गायक सेन्चुरी पहिलो पटक ‘द भ्वाइस अफ नेपाल’को जर्ज बनेका थिए ।

यस्तै टिम मेलिना राईबाट रोशन राई फस्ट रनरअप भएका छन् ।यस्तै सेकेन्ड रनरअप टिम राजु लामाबाट प्रमेश राई बनेका छन् । अर्पना आचार्य थर्ड रनरअप बनेकी छन् । उनले टिम उदय सोताङबाट प्रतिनित्व गरेकी थिइन् । ग्राण्ड फिनाले भव्य र रोचक बनेको थियो जहाँ विभिन्न ट्यालेन्टले गायकी प्रस्तुत गरेका थिए ।

Ads

सम्बन्धित पोष्टहरू