Ads

नदीमा डुबेर ६ बालबालिकाको मृत्यु


भारत, । भारतको गुजरातको नदीमा डुबेर १४ देखि १६ वर्ष उमेर समूहका ६ बालबालिकाको मृत्यु भएको छ । एकै परिवारका सबै ६ बालबालिका स्थानीय नदीमा पौडी खेल्न गएका प्रहरीले जनाएको छ ।

पानीको बहाव बढी भएकाले उनीहरूको मृत्यु भएको बताइएको छ । उनीहरू अहमदाबादबाट खेडा जिल्लामा रहेको मामाको घरमा गर्मी बिदा मनाउन गएका थिए । मृतक सबै ६ जनाको शव फेला परिसकेको प्रहरीले बताएको छ ।

Ads

सम्बन्धित पोष्टहरू