Ads

सदनमा गलत बोल्नेलाई तत्काल प्रतिवाद गर्न प्रधानमन्त्री ओलीको निर्देशन


काठमाडौँ, । एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले सरकारले ल्याएको नीति तथा कार्यक्रम सही छ भनी ढुक्कका साथ भन्न आफ्ना सांसदहरूलाई निर्देशन दिएका छन् । शनिबार बालुवाटारमा बसेको पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले सो निर्देशन दिएका हुन् ।

ओलीले विपक्षीको काम नै विरोध गर्ने भएको बताउँदै सत्य भए पनि विरोध गर्ने, असत्य पनि विरोध गर्ने काम उनीहरूले गरेको दाबी गरे । नीति तथा कार्यक्रमको एउटा पनि बुँदालाई उनीहरूले (विपक्षी)राम्रो नभनेको दाबी गर्दै प्रधानमन्त्री ओलीले सदनमा कसैले गलत बोले भने त्यसलाई रेकर्डबाट हटाउन नभन्ने धारणा राखे ।

‘केही गलत कुरा बोल्यो कि रेकर्डबाट हटाउने माग गर्न थालिहाल्छन् त्यो गलत हो, गलत बोलेको कुरा पनि रेकर्डमा रहनुपर्छ किनभने पछिको पुस्ताले पनि थाहा पाओस् कि हाम्रा पुर्खाले के बोलेको थिए’ उनले भने । प्रधानमन्त्री ओलीले संसदमा आफ्नो कुरा अध्ययन गरेर प्रस्ट रुपमा कुरा राख्न समेत सांसदहरूलाई आग्रह गरे ।

Ads

सम्बन्धित पोष्टहरू