Ads

२०८२ वैशाख २१ गते आइतबार, तपाईको दैनिक राशिफल


मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)खराब व्यक्तित्वको विश्वासमा पर्नाले काममा धोका पाइनेछ । आफ्नै कमजोरीले परिवारजनमा असन्तुष्टि बढ्न सक्छ । स्वास्थ्य सबल बन्नेछ भने विभिन्न अवसरले पछ्याउन सक्छन् । मुद्दा मामिला तथा कामका विविध झमेलाहरूबाट मुक्ति मिल्नेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)समयमा निर्णय लिन नसक्ता हातमा आएको अवसर गुम्न सक्छ । मान सम्मानमा चोट पुग्ने सम्भावना छ, सचेत रहनुहोला । आज रोकिएका काम बनी नयाँ काम सुरु हुनेछन् । व्यापारमा पनि फाइदा हुनेछ । दिन सामान्य नै छ । बहुमूल्य धातु संग्रह गरिएला । सामाजिक प्रतिष्ठा पाइनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)अन्धविश्वासको भरमा काम गर्नाले दुःख पाइनेछ । धार्मिक काममा बाधा सृजना हुन सक्छ, सजक रहनुहोला । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ । तर परिवारजनमा केही असमझदारी बढ्न सक्छ, सावधान रहनु होला । राजनीतिक पहुँच बढ्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)राष्ट्रियस्तरको मान सम्मान प्राप्त हुन सक्छ । प्रतिष्ठित व्यक्तित्वसँग भेटघाट हुनेछ । मंगलमय काम सम्पादन हुनेछ । काममा आफन्तको सहयोग जुट्न सक्छ । ढाड वा जोर्नीको समस्याले सताउन सक्छ । आम्दानी बढ्नाले उत्साह थपिनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)परिवारजनको सहयोगले उत्साह बढाउनेछ । स्वास्थ्यका लागि भारी खानपानमा सजग रहनुहोला । सुखद समाचारले काममा उत्साह जगाउनेछ । प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ । आत्मीय जनसँग भेटघाट हुनेछ । व्यवसाय र उद्योगधन्दामा राम्रो फाइदा मिल्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)अनुसन्धानात्मक अध्ययन गर्नेहरूलाई फाइदाको दिन रहेको छ । टाढाको यात्राबाट धन लाभ हुन सक्छ । प्रेम र मित्रताको बन्धन कसिने समय छ । व्यापार व्यवसायमा राम्रै फाइदा हुनेछ । इष्टमित्र वा बन्धुबान्धवको सहयोग प्राप्त होला ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)सरकारी निकायबाट हुने कडि कडाउको सिकार भइएला । दण्ड जरिवानाको पनि सम्भावना छ । पति पत्नी बीच असमझदारी बढ्ने सम्भावना छ । शिर तथा पेटको समस्याले सताउन सक्छ । चिताएको काममा ढिलासुस्ती हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)व्यापार व्यवसायमा लगानी बढाउने समय छ । आफन्त, परिवारजनमा आत्मीयभाव बढ्नेछ । जीवन साथीलाई केही पीडा हुने ग्रहयोग छ । स्वास्थ्य बाधा र रोगको पहिचान हुन कठिन हुने समस्या देखिन्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)आज ब्यापारबाट प्रशस्त धन लाभ हुनेछ । भौतिक साधनहरू जुट्नेछन् । कृषिउपज र पशुधनबाट पनि राम्रै फाइदा हुनेछ । लामो समयदेखि रोकिएका काम सम्पादन गर्ने समय छ । नयाँ उद्योग वा विशेष काम सुरु गर्ने मौका छ । राजनीतिक पहुँच बढ्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)रमाइलो भ्रमण गर्ने अवसर प्राप्त होला । घर जग्गा तथा बन्धुबान्धवसँग असमझदारी बढ्ने योग छ । पठन पाठनमा राम्रो उन्नति हुनेछ । सन्तान वा अनुयायीले पनि प्रसन्नता दिलाउनेछन् । टाढाको यात्राको सम्भावना पनि रहेको छ । विभिन्न अवसरले पछ्याउने छन् ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)काममा बाधा हुन सक्छ । प्रतिस्पर्धीहरूले आफ्नो ठाउँ ओगट्न सक्छन् । साथै पुरानो रोगले पुनः दुःख दिन सक्छ । घर खर्च बढ्नुका साथै व्यापारमा केही मन्दी आउने देखिन्छ । घरेलु समस्याले महत्वपूर्ण काममा बाधा पुग्न सक्छ । घर जग्गा वा स्थायी सम्पत्तिमा विवाद आउन सक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)चोट पटक वा हाड जोर्नीमा समस्या आउने देखिएकाले सवारी साधन वा हात हतियार उपयोग गर्दा सावधानी अपनाउनु होला । आर्थिक समस्या समाधान हुनेछ । पारिवारिक सम्बन्ध अलि कमजोर बन्न सक्छ ।

Ads

सम्बन्धित पोष्टहरू