Ads

मौसमको खराबीका कारण लुक्ला र माउन्टेन फ्लाइट ठप्प, जजीरा एयरलाइन्स वनारस डाइभर्ट


काठमाडौं । खराब मौसमका कारण काठमाडौं विमानस्थलबाट हुने लुक्ला र माउन्टेन फ्लाइट ठप्प भएको छ ।

आइतबार विहानैदेखि बिग्रिएको मौसमका कारण अन्तरिक उडानका लागि काठमाडौंबाट लुक्लाको लागि तय भएका कुनै पनि उडान भएको छैन् ।

माउन्टेन फ्लाइटका लागि बुद्ध, यति र श्री एयरलाइन्सले तय गरेका सबै उडान आजको लागि रद्द भएको छ । बुद्ध एयरले एउटा माउन्टेन फ्लाइट लागि गरेकाे एउटा प्रयास मौसमका कारण सफल हुन सकेन । माउन्टेन फ्लाइटका लागि बुद्धको जहाज उडेको भएपनि बीचैबाट डाइभर्ट भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले बताए ।

रिन्जीका अनुसार कुवेतबाट काठमाडौं आउँदै गरेर जजीरा एयरलाइन्स इनरुट वेदरका कारण वनारस डाइभर्ट भएको छ । अन्य गन्तव्यको उडान अवतरण भने ढिलो गरेर पनि भइरहेको शेर्पाले जानकारी दिए ।

Ads

सम्बन्धित पोष्टहरू