Ads

प्रचण्डले बोलाए पदाधिकारी बैठक


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारी बैठक बोलाएका छन् ।

अध्यक्ष प्रचण्डकाे निवास खुमलटारमा आज दिउँसो १ बजे बैठक बस्ने गरी बाेलाएकाे हाे ।

बैठकमा सम्पन्न भएको पूर्व-पश्चिम हुलाकी मार्ग केन्द्रित जागरण अभियानको समीक्षा, समसामयिक राजनीतिका साथै हिमाली र पहाडी मार्ग केन्द्रित अभियान सञ्चालनबारे छलफल हुने उपमहासचिव मात्रिका यादवले जानकारी दिए ।

पुस २३ मा सम्पन्न केन्द्रीय समिति बैठकले फागुनदेखि असारसम्म हुलाकी मार्ग, पुष्पलाल लोकमार्गका साथै हिमाली जिल्लामा केन्द्रित रहेर ‘जनतासँग माओवादी’ जागरण अभियान चलाउने निर्णय गरेको थियो ।

Ads

सम्बन्धित पोष्टहरू