Ads

प्रहरीको हिरासतमा रहेका ६ जनाले दिए १२ को परीक्षा


काठमाडौँ, । आजबाट सुरु भएको कक्षा १२ को परीक्षा काठमाडौँ प्रहरीको हिरासतमा रहेका ६ जनाले पनि दिएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार गएको चैत १५ गते तीनकुनेमा भएको राजावादीको प्रदर्शनमा अवाञ्छित गतिविधि गरेको आरोपमा पक्राउ परेका सिराहाका १९ वर्षीय दिनेश महतोसहित ६ जनाले हिरासतबाटै पहिलो दिनको परीक्षा दिएका हुन्।

महतोसँगै सिन्धुपाल्चोक घर भएका दावा शेर्पा, स्याङ्जा घर भएका सौगातकुमार बिक, धादिङ घर भएका सरोज थापा, नुवाकोट घर भएका सिमन घले र भारतीय नागरिक अमन साकिनले हिरासतबाटै परीक्षा दिएका हुन्। उनीहरुलाई भद्रकालीपरिसरबाट परीक्षाका लागि छुट्टै केन्द्राध्यक्ष, गार्ड र बेञ्चको व्यवस्था गरिएको प्रहरीले जनाएको छ।

Ads

सम्बन्धित पोष्टहरू