नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठकले ‘मध्य पहाडी लोकमार्ग अभियान’ सञ्चालन गर्ने निर्णय गरेको छ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवास खुमलटारमा आइतबार बसेको पदाधिकारी बैठकले जेठ २ गतेदेखि ‘मध्य पहाडी लोकमार्ग अभियान’ सुरू गर्ने निर्णय गरेको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ।
साथै बैठकले ‘हुलाकी मार्गकेन्द्रित ‘जनतासँग माओवादी: तराई–मधेस जागरण अभियान’को समीक्षा गरेको छ।
सो अभियानले राष्ट्रिय एकता सुदृढ गर्न सफल भएकोले माओवादी केन्द्रको मात्र नभई सम्पूर्ण राष्ट्र कै अभियान बन्न पुगेको पनि माओवादीले जनाएको छ।
अभियानमा सहभागिता जनाएका समुदायप्रति माओवादीले धन्यवाद पनि दिएको छ।
प्रतिक्रिया दिनुहोस्