मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): मेहनतले सम्मानित स्थान दिलाउने समय छ । शरीरमा उत्साह र उमङ्ग प्राप्त होला । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । नचिताएको ठाउबाट धन आर्जन हुनाले मन हर्षित हुने देखिन्छ । तथापि, आश्वासन दिएर झुक्याउनेहरूले सताउन सक्ने तथा बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्ने योग छ, ध्यान राख्नुहोला । यात्रागत कार्य सफल रहनेछ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ने र कामले धेरैको मन लोभ्याउन सकिनेछ समय छ । सामाजिक क्षेत्रमा नेतृत्व हातलागी होला । अरूलाई प्रभावित पारेर फाइदा उठाउन सकिनेछ । भूमि र पैत्रिक सम्पत्तिको उपयोगबाट राम्रै लाभ हुने देखिन्छ । स्वास्थ्य भने केही कमजोर रहनसक्छ, जसले जाँगरमा ह्रास ल्याउन सक्छ । पठनपाठनमा समय दिन नसकिएला ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): न्यायिक, कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुने दिन छ । आर्थिक पक्ष सुदृढ रहला । विभिन्न उपहार प्राप्त हुने र प्रतिस्पर्धीलाई उछिन्दै आम्दानी बढाउन सकिने देखिन्छ । तपाईंका कामबाट अरुहरु निकै प्रभावित हुनेछन् । कीर्तिमानी काम सम्पादन हुनाले सुख वृद्धि हुनेछ । मान पुरस्कार प्राप्तिको योग छ । मिठो भोजन प्राप्त होला ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): पारिवारिक सुख मिल्नुका साथै अध्ययन-अध्यापनको क्षेत्रमा प्रगति होला । आजको दिन सहयोगीहरूले विशेष साथ दिनेछन् र सोचेजस्तै सफलता मिल्नेछ । कृषिकर्म र व्यावसायिक काममा फाइदै होला । आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुने देखिन्छ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): आजको दिन बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर प्राप्त होला । नयाँ स्थानमा यात्राको सम्भावना छ तर आजको दिन अनावश्यक यात्राबाट जोगिनु उचित हुनेछ । आफन्तजनसँग सम्बन्ध चिसिनसक्छ, व्यवहारमा लचकता अपनाउनु हितकर हुनेछ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): मिश्रित फलदायी समय छ । पारिवारिक सहयोग प्राप्त हुनेछ तर नियमित कार्यमा पनि दोधारको अवस्था सिर्जना हुनसक्छ । पुरानो रोगले पनि सताउने सम्भावना छ, खानपान आदिमा सजग रहनुहोला । बिछोडिएका परिवारजनसँग भेटघाट हुने योग छ । विगतका कमी-कमजोरीलाई सुधार गर्ने मौका मिल्ला । आय-आर्जनको माध्यम बिगार्न खोज्नेहरू सक्रिय रहन सक्छन्, सजग रहनु उचित हुनेछ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू पनि भेटिनेछन् । धन आर्जन हुने समय छ, तर आजको लाभांश सुरक्षित वा सञ्चय नहुन सक्छ । सरसापटमा धन खर्च हुने सम्भावना छ । कल्पना र भावनामा केन्दित भइएला । बोलीको विपरीत अर्थ लाग्न सक्छ, बोली र व्यवहारलाई नियन्त्रणमा राख्नु हितकर होला ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ र बौद्धिक अभिव्यक्तिले ठूलो अवसर दिलाउनसक्ने समय छ । दौडधुप वा ब्यस्तता वृद्धि भएपनि आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने देखिन्छ । एउटै कामबाट दोहोरो लाभ मिल्ने देखिन्छ । धार्मिक अनुष्ठान र मंगलमय कृत्य सम्पादन हुन सक्छन् । मिठो भोजन प्राप्तिका साथै सुख वृद्धि हुनेछ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): भाग्योन्नतिको समय छ । पहिलेको सफलताले थप हौसला जगाउला । ब्यवसायमा राम्रै लाभ हुनेछ भने पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । पढाइलेखाइमा प्रगति होला । स्वादिष्ट भोजनको आनन्द पाइनेछ । धेरैको भलाइ हुने काम शुभारम्भ गर्न सकिनेछ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): व्यवसायमा लगानी बढाउनुपर्ने समय छ । अवसर आए पनि मौकामा लाभ उठाउन नसकिएला । ठूलै प्रयत्न गर्दा सामान्य फाइदा हुनेछ, तथापि मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । बौद्धिक जमात आकर्षित हुने काम सम्पादन गर्न सकिएला । खर्चको मात्रा बढ्ने देखिन्छ, नियन्त्रणको प्रयास गर्नु उचित हुनेछ । आरोग्यता रहनेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): जटिल काम सम्पादन हुनाले पराक्रम र उत्साह बढ्नेछ । व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ । अध्ययन कार्यमा प्रगति हुनेछ भने चिताएको काम सम्पादन हुने समय छ । पहिलेका कमजोरीलाई सुधार्ने मौका मिल्ला । तथापि, आजको दिन आफ्नै कमजोरीले विवादमा परिने योग रहेकोले विशेष सजगताको खाँचो छ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): आजको दिन सामाजिक काममा रुचिका साथै पराक्रम वृद्धि हुनेछ । ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्नसक्छ । विभिन्न उपहार प्राप्त हुने योग छ । व्यक्तित्व निखार्दै नयाँ काम गर्ने अवसर प्राप्त होला । रमाइलो जमघटको अवसर प्राप्त हुने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्