Ads

श्रीमतीको हत्या गरेर बरालले गरे आत्महत्या


पोखरा । पोखरामा श्रीमतीको हत्या गरेर एक व्यक्तिले आत्महत्या गरेका छन् । पोखरा १७ का ऋषिराम बरालले श्रीमतीको हत्या गरेपछि आफूले आत्महत्या गरेका हुन् ।

घरायसी झगडा परेपछि उनले श्रीमती देवीमाया पराजुलीको हत्या गरेका प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

‘दुईजना श्रीमती हुनुहुँदो रहेछ । कान्छी श्रीमतीसँग बस्नुहुने रहेछ,’ प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले भने, ‘घरायसी झगडा रहेछ ।

श्रीमतीको हत्या गरेपछि आत्महत्या गरेको अनुसन्धानले देखाएको छ ।’घटनाको विषयमा थप अनुसन्धान भइरहेको बस्नेतले जानकारी दिए ।

Ads

सम्बन्धित पोष्टहरू