एमाले सचिवसमेत रहेका सांसद योगेश भट्टराईले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जवाफ फर्काएका छन् ।
मंगलबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले माओवादीलगायतका विपक्षी दलहरूले सरकार विचौलियाको संरक्षणमा लागेको आरोपको पनि जवाफ दिए ।
‘सरकार अप्राकृतिक छ, स्वार्थ समूह, बिचौलिया मलाई के लाग्छ भने सिसाको घरभित्र बसेर अर्काको घरभित्र ढुंगा हान्ने मुर्खता नहोस् मेरो भनाइ यतिमात्र छ,’ उनले भने, ‘धारा ७६ (२) अन्तर्गत बनेको पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार प्राकृतिक हुने धारा ७६(२) अन्तर्गत बनेको केपी ओलीको सरकार अप्राकृति हुने यो कुन संविधानको व्याख्या उहाँले गर्नुभयो मलाई बडा अचम्म लागिरहेको छ ।’
प्रतिक्रिया दिनुहोस्