नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले एक रात सुत्नुभन्दा अगाडि नाफामा भएको विद्युत प्राधिकरण उठ्दा घाटामा गएको कुरा सरकारले जवाफ दिनुपर्ने बताएका छन् ।
मंगलबार सरकारको ०८२/ ०८३ को नीति तथा कार्यक्रमको सन्दर्भमा आफ्नो भनाइ राख्ने क्रममा उनले त्यति ठूलो संस्थाको विषयमा यस्तो कुरा बाहिरिँदा सरकारले जवाफ दिनुपर्ने उल्लेख गरे ।
उनले विद्युत प्राधिकरण पक्ष र प्रतिपक्षको नभइ सबैको साझा भएकाले यसको जवाफ सरकारले दिनैपर्ने बताए । सरकारले समाजवाद उन्मुख आर्थिक तथा राजनीतिक शीर्षक राखे पनि नीति तथा कार्यक्रममा त्यो विषय नसमेटिएको उल्लेख गरे ।
चालु आर्थिक वर्षको १० महिनामा ३१. ९ प्रतिशत मात्र विकास खर्च भएको भन्दै सरकारको चित्र यहि हो भन्दै प्रश्न गरे । उनले सरकारले सच्याउनुपर्नेमा जोड दिए। ८ अर्ब रकम वित्तीय संस्थामा भएको र ऋणको दर घटाउँदा पनि नागरिक ऋण लिन नगएको भन्दै उनले अर्थतन्त्र चलायमानको लागि सरकारको योजना खै भनेर प्रश्न गरे वैदेशिक राजेगारीबाट फर्किएका युवाहरुलाई रोजगारी दिने कुरा नीति तथा कार्यक्रममा नभएको भन्दै उनले हाइ काढ्ने खालको नीति तथा कार्यक्रम आएको आरोप लगाए । उनले भने, ‘हामीले विरोध गर्न पनि ओठ माप्नुपर्ने नीति तथा कार्यक्रम ल्याउनुपथ्र्याे किन हाइ काढ्ने खालको ल्याउनुभो ? ’
उनले नेपाल टेलिकम, वायुसेवा निगम,रेलवे कम्पनी, दुग्ध विकास संस्थान,खानेपानी संस्थान, औधषि लिमिटेड उदयपुर सिमेन्ट काराखाना हेटौँडा काराखाना। जडिबटी कम्पनी, वन निगम बुटवल धागो, सार्वजनिक विद्यालय र विश्व विद्यालय सुधार गर्ने कनर्यक्रम खै भनेर सरकारसाग प्रश्न गरे ।
प्रतिक्रिया दिनुहोस्