काठमाडौं, । वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ । ७१ वर्षको उमेरमा उनको मंगलबार दिउँसो नर्भिक अस्पतालमा निधन भएको हो । उनी पार्किन्सन रोगबाट पीडित थिए ।
पछिल्लो समय भने नेपाल राजनीतिबाट निष्क्रिय थिए । केहीदिन अघि अस्पताल भर्ना भएका उनलाई हिजो (सोमबार)आईसीयूमा राखिएको थियो ।
उनी पूर्व शिक्षामन्त्री पनि हुन् । नेपाला नेकपा एमालेका पूर्व स्थायी कमिटी सदस्य समेत थिए ।नेपाली भाषाका साहित्यकार समेत रहेका नेपालले पञ्चायतकालमा सञ्जय थापाको नामबाट प्रगतिशील साहित्य लेख्ने गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्