Ads

तिलोत्तमा नगरपालिका ‘सडक’ माग्नेमुक्त घोषणा


काठमाडौं । मानवसेवा आश्रमको सहकार्यमा मङ्गलबार तिलोत्तमा नगरपालिका ‘सहयोगापेक्षी सडकआश्रित मानवमुक्त’ अर्थात् सडक माग्नेमुक्त घोषणा भएको छ । आश्रमको मिसन २०८२ अभियानअन्तर्गत यो पहिलो ऐतिहासिक घोषणा भएको जनाइएको छ । यो वर्षभित्र स्थानीय तह हुँदै सबै प्रदेश र मुलुकलाई नै ‘सहयोगापेक्षी सडक आश्रित मानवमुक्त’ घोषणा गर्ने तयारी रहेको आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले जानकारी दिए ।

प्रदेश सरकारका मन्त्री,  तिलोत्तमा नगरपालिकाका प्रमुख, जनप्रतिनिधि, विभिन्न राजीैतिक दलका प्रतिनिधि र सरोकारवाला सरकारी निकायहरूको उपस्थितिमा तिलोत्तमा नगरपालिकालाई ‘सहयोगापेक्षी सडक आश्रित मानवमुक्त’ घोषणा गरिएको हो । घोषणासँगै अब तिलोत्तमा नगरपालिकामा कोही पनि बेसहारा बेवारिसे, अशक्त  र अनाथ भई बस्नुपर्ने अवस्थाको अन्त्य भएको छ ।

त्यसक्रममा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले घोषणापत्र पढेर सुनाएपछि घोषणा पत्र मानवसेवा आश्रमका अध्यक्ष अधिकारीलाई हस्तान्तरण गरे । मानवसेवा आश्रमले कोही पनि मानिस बेवारिसे भएर सडकमा जीवन बिताउन नपरोस् भन्ने उद्देश्यले विगत १३ वर्षदेखि सहयोगापेक्षी सडक आश्रित मानवहरूका लागि उपचार र उपचारपछि खाना, नाना, छाना, स्वास्थ्य र शिक्षाको व्यवस्थापन गर्दै आएको जनाएको छ ।

Ads

सम्बन्धित पोष्टहरू