Ads

रोबर्ट फ्रान्सिस प्रिभोस्ट बने नयाँ पोप


काठमाडौं । पोप कन्क्लेभले गएराति नयाँ पोपको चयन गरेको छ।

६९ वर्षीय रोबर्ट फ्रान्सिस प्रिभोस्ट नयाँ पोप निर्वाचित भएका छन्। उनी अमेरिकाबाट पोप बन्ने पहिलो कार्डिनल बनेका छन्। उनले आफ्नो लागि पोप लियो–१४ नाम रोजेका छन्।

उनी १३३ कार्डिनलहरूको दुई तिहाइ बहुमत ८९ मतबाट पोप निर्वाचित भएका हुन्। सन् १९०० पछि दुई दिनमा नयाँ पोपको निर्वाचन भएको यो पाँचौं पटक हो।

मतदानको दोस्रो दिन रोमन क्याथोलिक चर्चको सिस्टिन चैपलको चिम्नीबाट सेतो धुवाँ निस्किएसँगै, जसले नयाँ पोप चयन भएको संकेत गरेको थियो।

नयाँ पोप चयन हुने बित्तिकै भ्याटिकनमा उपस्थित ४५ हजारभन्दा बढी मानिसहरूले ठूलो स्वरमा ताली बजाएर एकअर्कालाई बधाई दिएका थिए। यसअघि, मे ७ मा भएको पहिलो चरणको मतदानमा पोप निर्वाचित हुन असफल भएका थिए।

पोप निर्वाचित भएपछि, पोप लियो–१४ ले सेन्ट पिटर बासिलिकाको बाल्कोनीबाट स्पेनी भाषामा सम्बोधन गरेका थिए। उनले मानिसहरूलाई अरूप्रति दया देखाउन र प्रेमका साथ बाँच्न अपील गरे।

पोप लियोको जन्म सेप्टेम्बर १४, १९५५ मा अमेरिकाको इलिनोइसमा भएको थियो। उनलाई पोप फ्रान्सिसको नजिकको सहयोगी मानिन्थ्यो र उनको विचारधारा पनि पोप फ्रान्सिससँग मेल खाने बताइएको छ।

Ads

सम्बन्धित पोष्टहरू