Ads

‘बुद्धको सन्देश विश्वका लागि अझ सान्दर्भिक छ’: डा. बाबुराम


काठमाडौं, । नेपाल समजवादी पार्टी ९नयाँ शक्ति० अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले बुद्धले दिएका छन् सत्य, अहिंसा, करुणा र मध्यमार्गको मार्गदर्शन विश्व र नेपालजस्ता बहुसांस्कृतिक, बहुभाषिक र बहुधार्मिक समाजका लागि अझ सान्दर्भिक र प्रेरणादायी रहेको उल्लेख गरेकाछन् ।

गौतम बुद्धको जयन्तीको अवसरमा आज शुभकाना दिँदै अध्यक्ष भट्टराईले भनेको छ, ‘२०७८औँ बुद्ध जयन्तीको अवसरमा गौतम बुद्धप्रति श्रद्धासहित नमन गर्दै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा शान्ति, सहिष्णुता र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।”

अहिलेको चुनौतीपूर्ण समयमा सामाजिक सद्भाव, सहिष्णुता, वैज्ञानिक सोच र विवेकशील नेतृत्वको आवश्यकता दिनानुदिन बढिरहेको सन्दर्भमा उल्लेख गर्दै बुद्धका शिक्षाहरू हाम्रा मार्गदर्शक बन्न सकून् भन्ने कामनासमेत गरेकाछन् । बुद्धजयन्तीले सबैमा मानवता, समानता र न्यायप्रतिको प्रतिबद्धता थप सुदृढ हुने उनको विश्वास छ । रासस

Ads

सम्बन्धित पोष्टहरू