काठमाडौँ, । प्रतिनिधिसभाका सांसद मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोक जिल्लाका विभिन्न ठाउँमा बर्खाको समयमा हुने बाढीपहिरोबाट क्षति रोक्नका लागि सरकारले दीर्घकालीन समाधान खोज्नुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहनुभएका सांसद बस्नेतले बाढीपहिरो र भूकम्पबाट सिन्धुपाल्चोक जिल्ला सबैभन्दा बढी प्रभावित भएको उल्लेख गर्दै सरकारले प्राकृतिक विपद्बाट हुने क्षति कम गर्न पूर्वतयारीलाई तीव्रता दिनुपर्नेमा जोड दिनुभयो । प्रतिनिधिसभाका सदस्य बस्नेतसँग राससका समाचारदाता सुशील दर्नालले लिनुभएको अन्तर्वार्ताको सम्पादित अंश ।
तपाईं पार्टीको केन्द्रीय सदस्य हुनुहुन्छ, पटक पटक मन्त्री पनि बन्नुभयो, अहिले प्रतिनिधिसभाको सदस्य पनि हुनुहुन्छ रु तपाईं तीन पटकसम्म मन्त्री बन्दैगर्दा देश र जनताको निम्ति के गर्नुभयो ?
– म पछिल्लो पटक स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हुँदा जनताको पक्षमा धेरै काम गरेको छु । नेपालमा मेडिकल शिक्षा एकदम राम्रो छ । नेपालको इञ्जिनियरिङ पनि राम्रो छ । साउथ एसियामा उत्कृष्टमा पर्छ । म मन्त्री हुँदा एउटा रु आठ अर्बको ग्लोबल कोष थियो । त्यो कोषलाई मलेरिया र एचआइभी एड्सको न्यूनीकरणका लागि खर्च गरिएको रहेछ । त्यो पैसामध्ये सेभ दि चिन्डे«नले रु तीन अर्ब जति कार्यान्वयन गरेको छैन । त्यो पैसा मैले राज्यको ढुकुढीमा ल्याएको छु । नेपालमा ठूला नेताहरू सामान्य बिरामी हुँदा पनि विदेश जाने चलन छ । तर गरिबलाई ठूलो रोग लाग्दा पनि देशभित्रै पनि उपचार नपाउने अवस्था छ । नेपालमा चिकित्सकहरू दुर्गम क्षेत्र जान नमान्ने समस्या थियो । मैले कसैले भनेको नमानेर करिब आठ सय चिकित्सकलाई दुर्गममा काज फिर्ता गराएको थिएँ । विशिष्ट र अतिविशिष्टको निम्ति भनेर मैले वीर अस्पतालमा उपचारका लागि व्यक्तिगत कक्ष (क्याबिन) हरू बढाइदिएँ । त्यसको निम्ति १७ जना चिकित्सकको समूह बनाइदिएँ । ती १७ जनाले विदेश जानुपर्छ भनेर सिफारिस गरेमात्रै विशिष्ट र अतिविशिष्ट उपचारका लागि विदेश जान पाउने व्यवस्था पनि मैले नै गरेको हो । यदी विशिष्ट र अतिविशिष्ट आफ्नै ढङ्गले विदेश उपचार गर्न गएमा त्यसको खर्च सरकारले ब्यहोर्न नसक्ने निर्णय पनि गरेको थियो । त्यसपछि राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री वा मन्त्रीलगायत विशिष्ट र अतिविशिष्ट व्यक्ति सरकारको खर्चमा विदेश जाने गरेका छैनन् । गए पनि आफ्नै व्यक्तिगत खर्चमा जाने गरेका छन् । सङ्घीय अस्पतालमा तीन हजार ५२३ सामान्य शय्याको व्यवस्था गरेको छु । चार प्रदेशका सबै सामान्य शय्या (जनरल बेड)निःशुल्क बनाइदिएको छु । सबै खाले अस्पतालमा १० प्रतिशत उपचारसहितको शय्या निःशुल्क गरिदिएको छु ।
तपाईं सिन्धुपाल्चोकको जनप्रतिनिधि हुनुहुन्छ, यो जिल्लाले बर्सेनि बाढी, पहिरोको समस्या झेलिरहेको हुन्छ, बाढीपहिरो पहिरोको दीर्घकालीन समाधानको निम्ति तपाईले के–कति काम गर्नुभयो ?– पहिलापहिला एकीकृत विकास आयोजना भन्ने हुन्थ्यो । बाढी र पहिरोग्रस्त ठाउँबाट बसाइँ सार्नुपर्छ भनेर ती ठाउँलाई ‘रेडजोन’ घोषणा गर्ने काम पनि भयो । स्टिकर टाँस्ने काम पनि भयो । तर, हाम्रो पहाडमा अलिकति जग्गा जमिन भयो भने त्यहाँ खेतीपाती गर्ने, गाईवस्तुपालन गर्ने, कृषि व्यवसाय गर्नुपर्ने भएकाले कुनै एक ठाउँमा बसाइँ सारेर घरमात्रै बनाइदिएर नहुँदो रहेछ । एकीकृत बस्ती बसालेको ठाउँबाट मानिसले घर छोड्दै हिँड्न थालिसके । किनभने बसाइँ सारेसँगै रोजगारीको कुरा पनि सँगसँगै आउँदो रहेछ । यो सिन्धुपाल्चोकमा मात्रै होइन, बाढी र पहिरो प्रभावित अन्य जिल्लामा पनि अवस्था त्यस्तै छ । जोखिम भएका ठाउँबाट अन्यत्र सार्ने तर उनीहरूलाई रोजगारी वा व्यवसायको कुनै व्यवस्था नहुँदा समस्या हुने गरेको छ । सिन्धुपाल्चोक जिल्ला पानी परिरहने ठाउँ हो । भूकम्पबाट सबैभन्दा बढी प्रभावित जिल्ला हो । दीर्घकालीन समाधानको कुरा गर्दा, सरकारले उचित व्यवस्थापन गर्न नसकेको कारणले अहिले पनि खतराहरू छन् । त्यसका लागि सरकारले नयाँ ढङ्गले सोच्नुपर्छ । सरकारसँग कुनै पनि विपद्को पूर्वतयारी छैन । भूगोल हेरेर बस्ती सार्ने र उनीहरूका लागि रोजगारीको व्यवस्था गर्नु नै दीर्घकालीन समाधान हुन्छ । त्यसको लागि मैले पटकपटक संसद्मा कुरा उठाइरहेको छु । सरकारलाई पनि भनिरहेको छु । बस्ती सारेर मात्रै हुँदैन । त्योसँगै व्यवसाय, शिक्षा, स्वास्थ्यको सुविधा पनि हुनुपर्छ । त्यसकारण सिन्धुपाल्चोकको बाढी र पहिरोको समाधानको निम्ति सरकारले ‘प्याकेज’ विशेष योजना बनाएर कार्यान्वयन गर्नुपर्छ । हाम्रो समस्या भइसकेपछि मात्रै तात्ने बानी छ । हुनसक्ने जोखिमको पूर्वतयारी हुँदैन । प्राकृतिक विपद्लाई रोक्न सकिँदैन । तर बस्तीलाई अन्यत्र सार्न सकिन्छ । मानवीय र भौतिक क्षतिबाट जोगाउन सकिन्छ ।
देशको व्यवस्था परिवर्तन भएको छ, तर जनताको अवस्थामा खासै परिवर्तन भएको देखिँदैन, युवा पलायन बढ्दो छ, यो युवा पलायन रोक्न सरकारले के गर्नुपर्छ होला ?
– हामीले युवा पलायनको समस्यालाई सजिलै रोक्न सक्छौँ । तर, हाम्रोमा सकारात्मक काम गर्दा पनि विरोध गर्ने संस्कार विकास हुँदै गएको छ । जति सुकै सकारात्मक काम गरे पनि विरोध गर्नैपर्ने हुन्छ । एकले अर्कालाई विरोध गर्नैपर्ने परिपाटी छ । युवा पलायन तीन थरीका छन् । एउटा शैक्षिक योग्यता भए पनि बेरोजगार भएका, अर्को गुणस्तरीय शिक्षा र अर्को रोजगारीको सिलसिला हो । अध्ययनको निम्ति पलायन भएको जनशक्ति धेरै ठूलो छ । नेपाली विद्यार्थी विदेशमा अध्ययन गर्न जाने क्रममा वार्षिक रुपमा खर्बांै रुपैयाँ नेपालको बाहिर गइरहेको छ । यसलाई रोक्न देशमा गुणस्तरीय शिक्षाको विकास गर्नुपर्छ । देशभित्रै रोजगारीको सिर्जना गर्नुपर्छ ।
सुशासनको निम्ति सरकारलाई तपाईंको सुझाव के छ?
– सबैभन्दा पहिला सुशासन भनेको के हो भन्ने कुरामा प्रष्ट हुनुपर्छ । मन्त्रीहरू मिलेर सरकारको काम गर्ने हो । मन्त्रीले आफूसँग आएको फाइल राम्रोसँग पढ्नुप¥यो । मन्त्री कार्यालयमा नियमित उपस्थित हुनुपर्छ । आफ्नो मन्त्रालयको बारेमा जानकारी राख्नुप¥यो । जनताको पक्षमा काम गर्नुप¥यो । भ्रष्टाचार गर्न भएन । पहिला मन्त्री आफू ठीक ठाउँमा बसेपछि सबै नकारात्मक काम गर्नेलाई तह लगाउन सकिन्छ । आफू ठीक ठाउँमा नबसेर अरुलाई मात्रै काम लगाएर सुशासन हुँदैन । अहिले सचिवले मन्त्रीलाई टेरेन भन्छन । खै मलाई त सबैले टेरेकै थिए । सुशासनको सवालमा व्यक्तिअनुसार पनि हुन्छ । आफू कार्यालयमा नबसेर अरुलाई काम लगाएर हुँदैन । म मन्त्री हुँदा बिहान ८ बजेदेखि राति ११ बजेसम्म मन्त्रालयमै बसेको छु । त्यसकारण आफू ठालु पल्टिएर अरुलाई मात्रै काम अराएर हुँदैन । मन्त्रीको विभाजन पनि प्रष्ट हुनुपर्छ सुशासनको निम्ति ।
प्रतिनिधिसभाको सदस्य हुँदा अनुभव सुनाइदिनुस् न ?
– संसद्को मेरो पुरानै अनुभव छ । यद्यपि अहिले पछिल्लो समयको साढे दुई वर्षको अनुभव हेर्ने हो भने संसद्मा विभिन्न नयाँ राजनीतिक दलको सहभागिता उल्लेख्य छ । पहिलेको तुलनामा अहिले युवाको सङ्ख्या बढेको छ । युवाहरू संसद्मा आएपछि प्रभावकारिता बढ्छ होला भन्ने लागेको थियो । तर संसद्मा रहेका साना वा ठूलो सबैलाई सत्तामै जान हतार हुँदो रहेछ । संसद्ले जुन जोडतोडका साथ काम गर्नुपर्ने हो, त्यसरी काम गर्न-कानुन र नीति नियमनै हो । त्यो कुरालाई जुन ढङ्गबाट अगाडि सरेर लाग्नुपर्ने हो, त्यसमा अलिअलि कमि भएको हो कि जस्तो लाग्छ ।
तपाईंले आफ्नो निर्वाचन क्षेत्रको निम्ति गर्नुभएको मुख्य मुख्य कामहरू के–के हुन् ?
– सैद्धान्तिक र वैचारिक एउटा पाटो हो । तर मलाई सिन्धुपाल्चोकका जनताले पार्टीभन्दा पनि मेरो कामको आधारमा मतदान गरेका हुन् । सडकको संरचना व्यापक रूपमा निर्माण भनइकन विकासले गति लिन सक्दैन । म मन्त्री भएपछि विशेष गरी सिन्धुपाल्चोक जिल्लाको एक÷दुईबाहेक अधिकांश सडकमा कालोपत्रे भएको छ । अरनिको राजमार्ग २०२२ सालमा बन्यो । २०५६ सालमा त्यो बाटोमा कालोपत्र गर्ने काम मैले नै गरेको हो । म अहिलेसम्म तीन पटक मन्त्री बन्दा सिन्धुपाल्चोकको खानेपानी आयोजना, शिक्षा, स्वास्थ्य, सडक निर्माण, अस्पताल निर्माण, सिँचाइको काम गरेको छु । जनप्रतिनिधि नहुँदा पनि मैले ३२ वर्षसम्म स्वयंसेवकका रूपमा जिल्लाको निम्ति काम गरेको छु । चीनसँगको व्यापारलाई व्यवस्थित गर्ने विषयमा निगत ४० वर्षदेखि काम गर्दै आएको छु ।
संविधानको कार्यान्वयन र संशोधनको विषयलाई कसरी हेर्नुभएको छ ?
– संविधानको कार्यान्वयन जति हुनुपर्ने हो, त्यति हुन सकेको छैन । अझै पनि सङ्घीयतासँग जोडिएका शिक्षा, निजामीत र प्रहरीसम्बन्धी कानुन बन्न सकेका छैनन् । संविधान संशोधन सामान्य विषय होइन । दुई तिहाइ मात्रैभन्दा पनि संशोधनलाई सर्वसम्मतिबाट लैजानुपर्छ । सुशील कोइराला प्रधानमन्त्री हुँदा जसरी संविधानमा सबै दलको सहमति भएको थियो, त्यसैगरी अहिले संशोधनमा पनि सबैको सहमति हुन जरुरी छ । संशोधनको सवालमा बहुमत छ भन्दैमा चुरीफुरी गर्न पनि हुँदैन । गर्नैपर्ने विषयमा अर्कोले निहुँ खोजेर बस्न पनि हुँदैन । विरोधको निम्ति विरोध मात्रै गरेर पनि हुँदैन । छलफल गरी सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ ।
सङ्घीयतालाई अझै बलियो र सुदृढ बनाउन के गर्नुपर्छ होला ?
– सङ्घीयता बलियो बनाउन स्थानीय तहलाई बलियो बनाउनुप¥यो । अहिले स्थानीय तहमा पनि धेरै बिबाद र उल्झन भइरहेका छन् । त्यसैले बलियो मात्रै बनाएर पुग्दैन, पारदर्शीताको पनि विकास गर्नुपर्छ । स्थानीय र प्रदेशलाई अधिकार दिनुप¥यो । प्रदेश र स्थानीय तहले कार्यान्वयनको पाटोलाई पनि प्रभावकारी बनाउनुप¥यो । सङ्घीय, प्रदेश र स्थानीय सरकार एकअर्काका पूरक हुन भन्ने ढङ्गले काम गर्नुपर्छ । यी सबै कुरालाई मिलाएर काम गर्न सकियो भने सङ्घीयतालाई बलियो बनाउन सकिन्छ ।
तपाईंको निर्वाचन क्षेत्र सिन्धुपाल्चोकमा नेपाली कांग्रेसको अवस्था कस्तो छ ?
– म सिन्धुपाल्चोकको सबै क्षेत्रबाट चुनाव लडिसकेको छु । पहिला मैले त्यहाँको निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित भएको हो । अहिले क्षेत्र नं २ बाट पनि निर्वाचित भएँ । कांग्रेस पार्टीको २०१५ सालमा जमानत जफत भएको जिल्ला हो सिन्धुपाल्चोक । तर त्यसपछि मैले सिन्धुपाल्चोकबाट चुनाव जित्दै आएको छु । कांग्रेसको पहिला कमजोर सङ्गठन भएको जिल्ला हो । पछिल्लो पटक भएको तीनै तहको निर्वाचनमा हामीले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)सँग पनि गठबन्धन नगरिकन कांग्रेसले जितेको छ । वडादेखि प्रतिनिधिसभासम्म सिन्धुपाल्चोकबाट हामी पहिलो पार्टी छौँ । रासस
प्रतिक्रिया दिनुहोस्