Ads

‘सगरमाथा संवाद’ का पाहुनाहरु धमाधम आउँदै


भोलिदेखि शुरु हुन लागेको ‘सगरमाथा संवाद’ का पाहुनाहरु आउने क्रम शुरु भएको छ ।

चिनियाँ राष्ट्रिय जनकंग्रेसको स्थायी समिति उपाध्यक्ष (उपसभामुख) सियाओ जी गएराति काठमाडौं आइसक्नुभएको छ ।

उहाँपछि बेलायतका विकास, खाद्य तथा वातावरणमन्त्री सुसन मेरी ब्रोनेश हेम्यान कतार एअरवेजको उडानमा बिहान ९ बजे दोहा हुँदै काठमाडौं आउनुभएको बताइन्छ ।
दिउँसो सवा १२ बजे थाइल्याण्डबाट स्क्यापका महासचिव अरमिदा सल्सिया अलिजहाबरा थाइ एअरवेजको उडानमा आउने कार्यक्रम छ । स्क्याप एसिया प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्र संघको आर्थिक तथा सामाजिक आयोग हो ।

आजै विमस्टेकका महासचिव इन्द्रमणि पाण्डे र बंगलादेशका सामाजिक विकासमन्त्री (सल्लाहकार) शरमिन सोनिया मुशिद २ बजे विमान बंगलादेशको उडानमा आइपुग्ने तालिका छ । सगरमाथा संवाद सचिवालयका अनुसार युएईबाट फ्लाई दुबइको उडानमा ऊर्जा सहायकमन्त्री अब्दुल्लाह बाल अलि साढे २ बजे आइपुग्दै हुनुहुन्छ ।

त्यस्तै भारतीय वातावरण, वन तथा जलवायु परिवर्तनमन्त्री भुपेन्द्र याद एअर इण्डियाको उडानमा दिउँसो साढे ४ बजे, कतारका वातावरणमन्त्री पौने ५ बजे कतार एअरवेजको उडान र राति ११ बजे अजरबैजानका कोप टोइ नाइनका सभापति मुख्तर बाबायेभको फ्लाई दुबईको उडानमा काठमाडौं आउने कार्यक्रम छ ।

Ads

सम्बन्धित पोष्टहरू