Ads

मदिरा सेवन गरी शिक्षकले नगर सदस्यमाथि गरे हातपात


कालिकोट, । रास्कोट नगरपालिकामा शिक्षकले वडाकी महिला जनप्रतिनिधि कुटपिट गरेका छन् । रास्कोट नगरपालिका-२ स्थित मोतिराम माध्यमिक विद्यालयका शिक्षक उपेन्द्र सिम्खाडाले बुधबार दिउँसो मदिरा सेवन गरी वडाकी महिला जनप्रतिनिधि तथा नगर कार्यपालिका सदस्य उमा योगीमाथि कुटपिट गरेका हुन् ।

स्थानीय चक्रनाथ योगीका अनुसार आपसी विवादका क्रममा मदिराले मतिभ्रमित अवस्थामा रहेका सिम्खाडाले नगर कार्यपालिका सदस्यमाथि कुटपिट गर्दा योगीको कानमा चोट लागेको छ । उनी हाल थप उपचारका लागि सुर्खेत ल्याइएको र अवस्था सामान्य रहेको जनाइएको छ।

वडा नं‍ ३ का वडाध्यक्ष राजेन्द्र योगीले भने, ‘यो केवल दुई व्यक्तिको विवाद होइन, शिक्षकजस्तो सम्मानित पेसाको नैतिकता र सार्वजनिक क्षेत्रको मर्यादा खल्बल्याउने खालको घटना हो ।’
महिला जनप्रतिनिधि माथि हातपात गरेपछि स्थानीय तहदेखि सामाजिक सञ्जालसम्म तीव्र आलोचना भएको छ ।

Ads

सम्बन्धित पोष्टहरू