राजविराज सप्तरी,। गृहमन्त्री रमेश लेखकले सत्ता साझेदार प्रमुख दुई दल नेपाली काँग्रेस र नेकपा एमाले बीचमा सरकार सञ्चालनका विषयमा समस्या नभएको स्पष्ट पारेका छन् ।
सप्तरीको राजविराजस्थित नेपाल पत्रकार महासङ्घद्वारा आज आयोजित पत्रकार सम्मेलनमा उनले काँग्रेस र एमाले बीचको समीकरण विघटन हुँदैन, झन सुदृढ हुन्छ भने । गृहमन्त्री लेखकले भने, “देश राजनीतिक स्थायित्व र सुशासन तर्फ अगाडि बढिरहेको छ ।
वर्तमान सरकारले विग्रेको अर्थतन्त्रलाई सुधार गरेर लयमा ल्याउँदै छ ।शान्तिप्रक्रियाको बाँकी काम टुङ्ग्याउन लागिरहेको छ । ” उनले आवश्यक कानुन निर्माण र सङ्घीयतालाई बलियो बनाउन सरकारले उच्च प्राथमिता दिएको जानकारी दिए । रासस
प्रतिक्रिया दिनुहोस्