Ads

संघीय निजामती विधेयक संसदीय समितिबाट पारित


काठमाडौं । संघीय निजामती विधेयक प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिबाट पारित गरिएको छ ।

सिंहदरबारस्थित समितिको सभाकक्षमा शुक्रबार (जेठ २) बिहान बसेको बैठकबाट विधेयक पारित गरिएको हो । विधेयकमा विवादित ‘कुलिङ पिरियड’ दुई वर्ष कायम गरिएको छ । ट्रेड युनियनको अधिकार यथावत् छ ।

ट्रेड युनियनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद बुद्धिमान तामाङले फरक मत राखे । उनले समिति सभापति रामहरि खतिवडालाई लिखित फरक मत बुझाएका हुन् । ट्रेड युनियन दलीय आधारमा बनाउन नहुने, आधिकारिक राखौँ भन्ने उनले प्रस्ताव गरेका छन् ।

उक्त विधेयक ०८० फागुन २१ गते सदनमा दर्ता गरिएको थियो । विधेयक ०८१ जेठ १५ गते संसदीय समितिमा पठाइएको थियो ।

Ads

सम्बन्धित पोष्टहरू